‘धेरै वर्षपछि…’ लिएर आए सुवास

April 16, 2018

काठमाडौं । गायक सुवास पाख्रिनको पछिल्लो म्युजिक भिडियो ‘धेरै वर्षपछि…’ सार्वजनिक भएको छ ।

नुवाकोट ककनीका गायक पाख्रिनको यो १३ औं गीत हो । पाख्रिन गीतसंगीत क्षेत्रमा पछिल्लो समय ब्यस्त र स्टेज कार्यक्रमहरुमा छाएका कलाकार हुन् ।

एरिन तामाङ र जमुना प्रधानले गरेको फिचरिङमा बाल कलाकारमा सक्सेस थापा र समिक्षा राना रहेका छन् ।

हिमालयन इन्टरटेन्टमेन्ट प्रा।लिको प्रस्तुतिरहेको म्युजिक भिडियोमा शब्द संगीत, श्याम पाख्रिनको रहेको छ । भिडियोलाई कुमार कार्कीले छायाँङ्कन, विशन मनान्धरको एरेञ्ज र अमन बधुले सम्पादन गरेका छन् ।

भिडियोलाई एरिन तामाङले निर्देशन गरेका हुन् ।

सम्बन्धित समाचार