८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सुडान घोटलामा संलग्न दुई पूर्वआइजीपी जेल चलान


७ असार २०७४, बुधबार  

0
Shares

काठमाडौं । सुडान घोटलामा मुछिएका दुई पूर्वआइजीपी ओमविक्रम राणा र हेमवहादुर गुरुङ जेल चलान भएका हुन् ।

उनीहरुले बुधबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए । अदालतमा आत्मसमर्पण गरपछि उनीहरुलाई अदालतको अादेश बमोजिम जेल चलान गरिएको छ । उनीहरुलाई सदरखोर डिल्लीबजारमा राखिएको छ ।

उनीहरुले सुडानको डार्फरमा पठाइने एपिसी खरिद गर्दा भ्रष्टाचार गरेको सर्वोच्चले ठहर गरेको थियो । उनीहरूसँगै पूर्व एआइजी दिपक सिंह थांग्देन र डिआइजी दिपक श्रेष्ठ पनि जेल चलान गरिएको छ ।

सर्वोच्चले ओमबिक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना जरिवाना सुनाएको थियो।  एआईजी थांग्देनलाई ४० हजार जरिवाना एक वर्ष कैद र डीआईजी श्रेष्ठलाई ३० हजार जरिवाना र ६ महिना कैद सजाए तोकिएको छ ।

प्रकाशित मिति : ७ असार २०७४, बुधबार  ६ : २० बजे