नायिका सुकुमाया सम्मानित

August 10, 2017

काठमाडौं । तामाङ नायिका सुकुमाया तामाङ सम्मानित भएकी छन् । तामाङ चलचित्र, नाटक, म्युजिक भिडियोमा अभिनय गरी ख्याती कमाएकी उनलाई नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सम्मानपत्र प्रदान गरे ।

बिहिबार काठमाडौंको बत्तीसपुतलीमा सिन्धुपाल्चोक कांग्रेस जिल्ला कार्यसमितिले उनलाई सम्मान गरेको हो । दोलखा फस्कुकी सुकुमाया २०६१ देखि कलाकारिता क्षेत्रमा छिन् ।

सम्बन्धित समाचार