सुन्तली तामाङलाइ बलात्कारपछि हत्या गर्ने श्याम पाँच वर्षपछि पक्राउ

June 26, 2017

काठमाडौं । रामेछापकी १४ वर्षीया सुन्तली तामाङलाइ बलात्कार गरी हत्या गर्ने अभियुक्त श्याम राउतलाइ प्रहरीले पक्राउ गरेको छ ।

पाँच वर्षअघि राउतले रामेछापको लिखु गाउँपालिका वडा नम्बर २ सैपु सिसन्धुकी सुन्तलीलाइ बलात्कारपछि हत्या गरेका थिए । ०६८ माघ ५ गते हराएकी सन्तली तामाङको शव १५ दिनपछि लिखु खोलामा झोलाको फित्ताले घाटीमा बाँधेको अवस्थामा फेला परेको थियो । त्यहीबेला उनलाइ प्रहरीले पक्राउ गरेका थिए । तर पछि छुटेर फरार भए ।

उनै अभियुक्तलाई प्रहरीले ५ वर्षपछि भारतको अण्डमान निकोबार टापुबाट पक्राउ गरेको छ ।

सुन्तलीकी आमा डिल्लीमायाले जिल्ला प्रहरी कार्यालयमा छिमेकी पोकुका श्याम राउत र प्रदीप राउत विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर, रामेछापका तत्कालीन प्रहरी प्रमुख सञ्जीव शर्माले अनुसन्धान नै नगरी राउतलाई हाजिरी जमानीमा रिहा गरेपछि उनी फरार भएका थिए ।

सम्बन्धित समाचार