प्रचण्ड र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

February 2, 2018

काठमाडौं । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता भएको छ। सोल्टी होटलमा भएको भेटमा पछिल्लो राजनीतिक परिस्थिति र आपसी हितकाबारेमा छलफल भएको छ ।

स्वराजले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछिन् । राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न उनी आफू बस्दै आएको होटल सोल्टीबाट ११:४५ बजे शितल निवास प्रस्थान गर्नेछिन् । शितल निवासबाट साढे १२ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार जानेछिन् ।

सम्बन्धित समाचार