भारतीय विदेश मन्त्री आज आउँदै

February 1, 2018

काठमाडौं । भारतका बाह्य मामिला मन्त्री सुष्मास्वराज आज नेपालको दुईदिने भ्रमणमा आउँदैछिन् ।

स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री शेरबहादुर देउवा, प्रमुख राजनीतिक दलका शीर्षनेतासँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा संविधान कार्यान्वयनका क्रममा तीनवटै तहका निर्वाचन सम्पन्न भएपछि हुन लागेको भारतका बाह्य मामिला मन्त्रीको भ्रमणलाई नेपाल र भारतका जनताले अर्थपूर्ण रुपमा लिएका छन् ।

सम्बन्धित समाचार