टानको अध्यक्षमा कांग्रेसनिकट सुवेदी, महासचिवमा नेकपानिकट लामा

September 7, 2019

काठमाडौं । पदयात्रा व्यवसायीहरुको साझा संस्था  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा कांग्रेसनिकट उम्मेदवार खुमबहादुर सुवेदी निर्वाचित भएका छन् ।  सुवेदीले नेकपानिकट उम्मेदवार अञ्जन थापा (कुमार) लाई ८३ मतले पराजित गरेर आफ्नो जित सुनिश्चित गरेका थिए ।

सुवेदीले ५ सय २१ मत ल्याउँदा थापाले ४ सय ३८ मत पाएका थिए ।  महासचिवमा नेकपानिकट सरिता लामा निर्वाचित भइन् । कांग्रेसनिकट कर्मा शेपालाई १३ मतले पराजित गर्दै उनी निर्वाचित भएकी हुन् ।  टानको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनीहरु सबै सुवेदी समूहका हुन् । सचिवमा थाहा समूहका दामोदर ढकाल निर्वाचित भएका छन् ।

कुन पदमा को ?

अध्यक्ष :- खुमबहादुर सुवेदी

बरिष्ट उपाध्यक्ष :- नबिन धिताल

प्रथम उपाध्यक्ष :- चोलेन्द्र बहादुर कार्की

द्वितीय उपाध्यक्ष :- भरत सापकोटा

महासचिव :- सरिता लामा

सचिब :- दामोदर ढकाल

कोषाध्यक्ष :-  ऋतु ग्यामदान (तामाङ)

सह-कोषाध्यक्ष :-  सुर्य कुमार श्रेष्ठ

महिला सदस्य :-  ङिमा दिकी शेर्पा

सदस्य :-  सोनाम ग्याल्जेन शेर्पा

सदस्य :-  सिक्बिर घले

सदस्य :-  कान्छा शेर्पा

सदस्य :- सनम शेर्पा

सदस्य :- प्रेम बहादुर लामा

सदस्य :- ठाकुर प्रसाद सापकोटा

सदस्य :-  मिङमा तेञ्जिङ शेर्पा

सदस्य :- रामबहादुर गुरुङ

सम्बन्धित समाचार