मुख्य सचिवको दाैडमा पाँच जना, यसरी रोकिदैछ तामाङ मुख्य सचिव बन्ने बाटो

July 11, 2017

काठमाडौं । मुख्यसचिव पद त्यागेर एसियाली विकास बैंक (एडीबी) मा जाने तयारीमा रहेका डा. सोमलाल सुवेदीले राजीनामा नदिइकन एडिबिको जागिर खान हिडेका छन् । साउन १ देखि मनिलास्थित एडीबी केन्द्रीय कार्यालयमा हाजिर हुनेछन् ।

उनले राजीनामा दिएपछि मुख्य सचिव कसलाइ बनाउला भन्ने चासो बढ्न थालेको छ । मुख्य सचिवका दाबेदारहरु पाँच जना रहेको र सबैले सक्रियता देखाईरहेका बताइएको छ । मुख्यसचिवको दाैडमा धनबहादुर तामाङ, शान्तराज सुवेदी, शान्तबहादुर श्रेष्ठ, राजेन्द्रकिशोर क्षेत्री र नारायणगोपाल मलेगो थिए ।

बरिष्ठताको हिसाबले तामाङ पहिलो नम्बरमा पर्छन् । त्यसपछि मात्रै सुवेदी र श्रेष्ठको नम्बर आउँछ । सुवेदी र श्रेष्ठ दुबैजना तामाङभन्दा चार महिनापछि सचिव बनेका हुन् । तामाङ ०६९ साल असार २८ गते सचिवमा वढुवा भएका तामाङको पाँच वर्षे कार्यकालका कारण असार २८ अर्थात भोलि अवकाश पाउँदैछन् ।

तामाङ मुख्यसचिव बन्न सुवेदीले २८ असारअघि नै राजीनामा दिनुपर्ने थियो । तर, तामाङलाइ मुख्य सचिव बन्न नदिन निमित्त मुख्य सचिवको व्यवस्था गरेर सुवेदी एडिबी हिडें । निमित्तको जिम्मेवारी केदार अधिकारीले पाएका छन् ।

यो सँगै मुख्य सचिव को बन्ने भन्ने विषयको प्रक्रिया लम्बिने भएको छ भने तामाङ भोलिबाटै सेवा निवृत्त हुने भएका छन् ।

सम्बन्धित समाचार