पवन चाम्लिङको ठाउँ अब प्रेमसिंह तामाङले लिने

May 24, 2019

काठमाडौं । भारतको लोकसभाको निर्वाचनको परिणाम अन्तिम परिणाम आइसकेको छ । कतिपय स्थानमा विधानसभाको निर्वाचन पनि भयो । सिक्किममा भएको विधानसभाको निर्वाचनमा लामो समयदेखि नेतृत्व गर्दै आएको पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडिएफ)लाई पछि पार्दै प्रेमसिंह तामाङको दलले बहुमत ल्याएको छ।

३२ सिट रहेको सिक्किममा  २०१३ मा स्थापना भएको  एसकेएमले १७ सिट जित्दै बहुमत ल्याएको हो । २५ वर्षदेखि सिक्किमका मुख्यमन्त्री रहेको चाम्लिङको दलले १५ सिट जितेको छ । पूर्वमन्त्रीसमेत रहेका तामाङले २००९ बाट मुख्यमन्त्री चाम्लिङको आलोचना गर्दै आएका थिए । २०१४ को निर्वाचनमा १० सिट जितेर दोस्रो ठुलो दल बनेको एसकेएमले यसपटकको विधानसभा निर्वाचनमा बहुमत हासिल गरेको हो ।

अहिलेको निर्वाचनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपासँग गठबन्धन गर्ने भनिएपनि पछि एक्लै लड्यो । एसकेएमले लोकसभाको एक मात्र सिट पनि जितेको छ ।  लोक सभामा एसकेएमका इन्द्रहाङ सुब्बा बिजयी भएका हुन् ।

सम्बन्धित समाचार