कानुन मन्त्री तामाङद्वारा तामाङ सञ्चार समूहको पाँचौ महाधिवेशन उद्घाटन

March 24, 2018

काठमाडौं: तामाङ सञ्चार समूहको पाँचौ महाधिवेशन प्रमुख अतिथि कानुन,  न्याय तथा संघीय मामिला मन्त्री शेरबहादुर तामाङले उद्घाटन गरेका छन् ।

शनिबार राजधानीको अनामनगरस्थित तमु बौद्ध समाजको भवनमा तामाङ सञ्चार दीप प्रज्वलन गरी कानुन मन्त्री तामाङले कार्यक्रम उद्घाटन गरेका हुन् ।

काठमाडौं कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले न्याय माग्दै अदालतको ढोका पुग्ने पीडित थरर हुने अवस्था अन्त्य हुने बताएका छन् ।

महाधिवेशन उद्घाटन गर्दै मन्त्री तामाङले पीडक चाहि खुसी भएर निस्कने र पीडित चाहि निराश भएर फर्कने अवस्था बन्द अब बन्द हुने बताएका हुन् ।

काठमाडौंको अनामनगरस्थित तमु बौद्ध समाजको भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पीडकले हैन पीडितले न्याय पाउनुपर्छ । पीडक कहिलेकही अदालतमा बहिर निस्कदाँ खुसी भएर निस्कन्छ। पीडित अदातलको ढोकामा पुग्दा थरर काम्ने अवस्था अब बन्नु हुदैन । पीडितले न्याय पाउनुपर्छ र अदालतको ढोकाबाट बाहिर निस्कदाँ खुसीसाथ निस्कन पाउने वातावरण बन्नुपर्छ ।’

कार्यक्रममा मन्त्री तामाङले कानुन कार्यान्वयन र भ्रष्टाचारी नियन्त्रण खबरदारी गर्ने सञ्चारमाध्यमले सरकारलाई सहयोग गर्न सक्ने बताए । त्यसैगरी उनले न्यायाधीशहरु सार्वजनिक व्यक्ति भएकाले उनीहरुको सम्पत्ती सार्वजनिक हुनुपर्ने तर्क पेश गरेका थिए ।

कार्यक्रममा मन्त्री तामाङलाइ तामाङ सञ्चार समूहले उपहारसमेत प्रदान गरेको थियो । तामाङ सञ्चार समूहले आजै नयाँ कार्यसमिति चयन गर्नेछ ।

तामाङ सञ्चार समुह अध्यक्ष जगत दोङको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा विभिन्न व्यक्तिहरुको उपस्थिति थियो । विशेष अतिथि केन्द्रिय जनजाती महासंघ फोनिजको अध्यक्ष डण्ड गुरुङ, केन्द्रिय जनजाती महासंघ फोनिजको उपाध्यक्ष विपुल पोखरेल, नेवा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण महर्जन, लिम्बु पत्रकार महासंघका अध्यक्ष देवेन्द्र लिम्बु, गायक फुलकुमार बमजन, गायिका देशु गोले, मनोज घर्तिमगर, सुनिल लामा, हिरालाल दोङ, मिलन मोक्तान, इन्द्र लामा, प्रेम योञ्जन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तामाङ सञ्चार समूहलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाइ समेत सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार