दोस्रो ताम्रकार फुटसल हुदैं

August 29, 2017

ललितपुर । ताम्रकार समाजले दोश्रो ताम्रकार फुटसल प्रतियोगिता २०७४को आयोजना गर्ने भएको छ । भदाै १७ गते तथा २४ गते शनिबारका दिन धोविघाट स्थित धोविघाट फुटसल मैदानमा आठ टिम बिच प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा विभिन्न आठवटा कम्पनीहरुले टिमको प्रायोजन गरेका छन । कुल ६४ जवान खेलाडीहरु रहेको उक्त दोश्रो ताम्रकार फुटसल प्रतियेगिता २०७४ का विजेता तथा उपविजेता टिमले आकर्षक ट्रफीका साथै नगद पुरस्कार प्राप्त गर्नेछन ।

खेलकूदको माध्यमबाट समाजमा भाईचारा अभिबृद्धि गर्ने प्रतियोगिताको मूल उद्देश्य रहेको ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले बताए । ताम्रकार समाजले युवाहरुको लागि खेलकूद विशेष प्राथमिकता राखेको बताउदै यसअघि पनि विभिन्न समाजका सदस्यहरुलाई संलग्न गराई फुटबल, ब्याडमिन्टन, चेस, सडक दौड लगायतका प्रतियोगिताहरु सम्पन्न गरीसकेको बताए । समाजको युवा तथा खेलकूद उपसमितको आयोजनामा हुनगईरहेको खेलबारे उपसमितिका संयोजक सजेश ताम्रकारले गत संस्करण भब्य सफल भएकोले यस संस्करणलाई सफलताको लागि थप दबाब रहेको बताए ।

सम्बन्धित समाचार