वृष राशि: कुन राशिसँगको सम्बन्ध राम्रो, कुन व्यवसाय गर्दा राम्रो

February 18, 2018

पं उद्धवराज शास्त्री
साहित्य, भागवात, ज्योतिषाचार्य

ई, उ, ए, ओ, वा, वी, वू, वे, बो अक्षरबाट नाम आरम्भ हुने महानुभावहरुको वृष राशि पर्दछ । यहाँ सामान्य विशेषता, स्वभाव एवं परिचयको सम्बन्धमा चर्चा गरिन्छ ।

वृष राशिको स्वामी शुक्र हो । यी राशिका मानिसहरु आफ्नो हठप्रति दृढ रहन्छन् । यिनीहरु तेजस्वी, संघर्षशील, स्वाभिमानी तथा मातापिता एवं गुरुभक्त हुन्छन् । सानासाना कार्यमासमेत विशेष सोच विचार गरेर मात्र हात हाल्छन् । यी राशिवाला व्यक्ति शत्रु भने प्रशस्त हुन्छन् । यिनीहरुलाई बारम्बर आकस्मिक धनलाभको अवसर प्राप्त हुनेछन् ।

यिनीहरु सुखमय एवं अधिकारपूर्ण जीवन व्यतित गर्दछन् । जीवनको पूर्वद्ध संघर्षमय भएपनि उत्तराद्र्ध भने उन्नतिशील एवं सफलतापूर्ण हुन्छ ।

यस राशिका महानुभावहरु प्रायः बैंकिङ, तेल सम्बन्धी व्यवसाय वा सौन्दर्यका सामाग्रीका व्यापारी वा भवन निर्माण, विज्ञापन एजेन्सी र कलाकौशलसँग सम्बन्धित हुन्छन् । कन्या र वृश्चिक राशिसँगको साझेदारी वा मित्रता यिनीहरुको लागि प्रगतिको मार्ग हो । २५,२८,३६ र ४२ वर्षमा विशेष भाग्योदयको योग पर्दछ ।

त्यस्तै ५, १३, २६, २७, ४५ वर्ष केही मात्रामा कष्टदायी हुनेछन् । वृष राशिका महानुभावहरु अत्यन्त सामाजिक हुन्छन् । इष्टमित्र, दाजुभाईहरुको आदर सत्कार गर्नु यिनीहरुले इश्वरको पूजा सम्झन्छन् । वृष राशिका जातकहरुमा आफ्नो प्रेमी प्रेमिका प्रति जतिसुकै ठुलो बलिदान गर्न पनि तयार हुन्छन् ।

तर जसलाई यिनीहरु घृणा गर्न थाल्छन् । त्यसलाई जीवनभर माफ गर्न सक्दैनन । वृष राशिका जातकहर दृढ, स्वभावका र आफ्नो कार्यप्रति लगनशील हुन्छन् भने यिनको विशेष गुण भनेको भारी शारीरिक एवं मानसिक सहन शक्ति हो ।

कुन राशिसँग शुभअशुभ
शुभ राशि मिथुन, कन्या, वृश्चिक, मकर, कुम्भ,सँगको सम्बन्ध व्यापार व्यवसाय लाभदायी हुनेछ ।
मेष, वृष, तुला, मीन राशिसँग समभाव रहनेछ ।
कर्कट, सिंह, धनु राशिसँग शत्रुता वा हानि हुनेछ ।
शुभ रंग–गुलाबी, हरियो, सेतो
अशुभ रंग– रातो
शुभ नंग– १ रती वा सो भन्दा बढीको हीरा वा श्वेत मोती । यदि मोती धारण गर्ने भए २, ४, ६, ११ रतिको शुक्लपक्षको सोमबार वा रोहीणी नक्षत्रमा लगाउने(७, ८ ररितको लगाउनु हानिकारक हुनेछ ।’
उपाय– शुक्रबार व्रत एवं शिव उपासना शुभ फलदायीसिद्ध हुनेछ ।
शुभ बार– शुक्र, शनि, बुधबार ।

1008gayatri@gmail.com

सम्बन्धित समाचार