Everest Times

फेसबुकले ‘मास्क्वेर्ड’ किन्ने

चर्चित सामाजिक सञ्जाल फेसबुकले भिडियो सुविधा बढाउन ‘मास्क्वेर्ड’ एप किन्ने भएको छ । भिडियो सेल्फीमा प्रख्याती कमाएको मास्क्वेर्डले हामीहरु फेसबुकसँग जोडिन लागेका छौं भनेर आफ्नै वेबसाइटमा उल्लेख गरेको छ ।

 

बुधबार दुइ पक्षबीच सम्झौता भइसकेको वाल स्ट्रिट जर्नलले जनाएको छ । मास्क्वेर्डलाई कति ति¥यो भन्ने कुरा भने खुलाइएको छैन ।

मास्क्वेर्डमा आफ्नो अनुहारको भिडियो आकर्षक तथा विभिन्न तरिकाले बनाउने फिचरहरु समावेश गरिएको छ । केही समयअघि फेसबुकले स्न्यापच्याट किन्न खोजेको थियो । तर, स्न्यापच्याटले फेसबुकको प्रस्ताव अस्विकार गरेको थियो ।

प्रतिकृया दिनुहोस्