Everest Times

कागजविहिन पासपोर्टको विकल्प खोज्दै प्रविधि कम्पनी

एजेन्सी । बेलायतको डे ला रोए नामक कम्पनीले पासपार्टको साटो मोबाइलबाटै देशविदेश ओहोरदोहोर गर्न मिल्ने प्रविधि निर्माणमा जुटेको छ । यो कम्पनी विश्वमा सबैभन्दा ठूलो पासपोर्ट उत्पादक कम्पनी हो ।

यसले स्मार्टफोनमै पासपोर्ट इम्बेड गर्ने योजनाको घोषणा गरिसकेको छ । डे ला रोए कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्टिन सुदरल्यानडका अनुसार उक्त प्रविधिको प्रयोगले अध्यागमन नियन्त्रणमा समेत काम लाग्ने मोबाइल फोनमा आधारित सुरक्षित सूचना प्रणाली विकास गर्ने परियोजनामा कम्पनीले काम सुरु गरिसकेको छ ।

अहिले पासपोर्टको पहिचान प्रणालीलाई डिजिटल स्वरुपमा ढाल्ने र सरकारबाट यसको स्विकृति प्राप्त गर्नु कम्पनीका लागि सबैभन्दा महत्वपूर्ण छ । अमेरिकाको मियामी तथा एटलान्टामा यसअघि नै मोबाइलमा आधारित इमिग्रेसन क्लियरेन्स सिस्टम परीक्षणका रुपमा लागु गरिसकिएको छ । जस अनुसार यात्रुहरुले आफ्नो भन्सार सूचना हाल्नका लागि फोनको प्रयोग गर्न सक्दछन् ।

प्रतिकृया दिनुहोस्