तेह्रथुम मेन्छ्यायेम गाउँपालिकामा एमाले विजयी

July 1, 2017

तेह्रथुम । मेन्छ्यायेम गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।
मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा विजयी एमालेका यादवबहादुर खापुङले एक हजार ६८३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देउबहादुर लिम्बूले एक हजार ४९६ मत प्राप्त गरे ।
उपाध्यक्ष पदमा भने काँग्रेसकी गीतादेवी तिम्सिना विजयी भइन् । उनले एक हजार ४८६ मत प्राप्त गरिन् भने उनका प्रतिद्वन्द्वी एमालेकी दिलकुमारी शङ्करले एक हजार ४२० मत प्राप्त गरिन् ।
मेन्छ्यायेम गाउँपालिकाका वडा नं १, २, ३ र ४ मा काँग्रेस तथा वडा नं ५ र ६ मा एमाले विजयी भएको छ ।

सम्बन्धित समाचार