एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक ह्योल्मो सम्मानित

May 18, 2017

न्युयोर्क । ह्योल्मो सोसाइटी अफ अमेरिकाले ह्योल्मो जातिको महान चाड सोनाम ल्होसारको अवसरमा सोसाइटीका निवर्तमान अध्यक्ष तथा एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक तेम्बा दोङबा ह्योल्मोलाई सम्मान गरेको छ । न्युयोर्कमा १४ वर्ष अघि स्थापित ह्योल्मो सोसाइटी अफ अमेरिकाको हितमा तथा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत निर्देशक दोङ्बालाई खादा तथा सम्मान पत्रले सम्मान गरिएको सोसाइटीले जनाएको छ ।
लङ आइल्यान्डसिटिस्थित फाइभस्टार हलमा आयोजित ल्होसार कार्यक्रममा निर्देशक दोङ्बालाई प्रमुख अतिथिका रूपमा उपस्थित नेपाली महावाणिज्यदूतावासका वाणिज्यदुत कृषु क्षेत्रीले सम्मान पत्र र सोसाइटीका वर्तमान अध्यक्ष दावा ल्होबा ह्योल्मो र संस्थापक अध्यक्ष निमा ग्याल्पो लामा ह्योल्मोले खादा लगाइ सम्मान गरेका थिए । दोङ्बाले नेपालमा लामो समय रेडियो एचबिसी र नमो बुद्ध एफएममा ह्योल्मो भाषामा समाचार तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अमेरिकामा उनले ह्योल्मो जातिको भाषा, धर्म र संस्कृतिको संरक्षणको लागि कलम चलाउदै आएका छन् ।

सम्बन्धित समाचार