टेम्केमैयुङ गाउँपालिका अध्यक्षमा रामसिं राई साझा उमेदवार

May 28, 2017

भोजपुर । संघीय समाजवादी फोरम, नेपाली कांग्रेस र माओवादी केन्द्रको तर्फबाट भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा रामसिं राईलाइ साझा उमेदवार बनाएको छ ।

उपाध्यक्षमा कांग्रेसका सरोज बस्नेतले उम्मेदवारी दिएका छन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचन सरकारले २०७४ जेठ ३१ गते तोकिएको छ ।

साविकका ८ वटा गाविसहरू तिम्मा, छिनामखु, अन्नपूर्ण, नागी, खावा, कोट, गोगने र लेखर्क सम्मिलित टेम्के मैयुङमा ९ वटा वडाहरू रहेका छन् । उनीविरूद्ध एमालेले धुर्व राइलाइ अध्यक्षका उमेदवारमा उठाएका छन् ।

सम्बन्धित समाचार