मन्त्रीलाई देखाउँदै डेनमार्क पठाउँने भन्दै ४१ लाख ठगेर फरार

February 1, 2018

काठमाडौं । घोराही उपमहानगरपालिका १५, दाङका २७ बर्षीय विशाल बस्नेत श्रम राज्यमन्त्री डिल्ली चौरीमार्फत डेनमाार्क पठाउने भन्दै ६ जनासँग ४१ लाख रुपैयाँ असुलेर फरार भएका छन् ।

सरारी कोटामा डेनमार्क पठाउने स्वीकृतति पाएको कागज देखाई बस्नेतले पीडितसँग ७ लाख ५० हजार रुपैयाँसम्म उठाएर भागेका हुन् ।

ठगिएका सबै बस्नेतकै छिमेकी हुन् । श्रम राज्यमन्त्री चौधरी हाम्रै जिल्लाका माननीय हुन् ।

बस्नेतले मन्त्रीस्तरको निर्णयबाट २८ जनालाई डेनमार्क पठाउन लागेको भन्दै सरकारी कागज देखाए ।

मन्त्रीसँग आफ्नो नजिकको सम्बन्ध रहेको र उनैमार्फत डेनमार्क पठाईने भनेर जिम्मा लिए, पीडित डोकराज कालाथोकील्े भने, ठगिएपछि मात्र थाहा भयो, यो विषयमा न मन्त्रीलाई थाहा रहेछ न उनीसँग बस्नेतको कुनै सम्बन्ध नै रहेछ । कान्तिपुर दैनिकमा यो खबर छ ।

सम्बन्धित समाचार