दुई नम्बर प्रदेशमा कांग्रेसको अग्रता कायमै, एमाले पाँचाैं

September 22, 2017

काठमाडाैं ।  दुई नम्बर प्रदेशमा १३६ स्थानीय तहमध्ये ५७ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ।

हालसम्म सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेसले २० स्थानको प्रमुखमा विजयी गरेको छ । त्यसैगरी २० स्थानमा अग्रस्थानमा छ ।

दोस्रो स्थानमा राष्ट्रिय जनता पार्टी र माओवादी केन्द्रको प्रतिस्पर्धा रहेक छ । माअोवादी केन्द्रले अहिलेसम्म ११ स्थानमा जित हासिल गरेको छ भने राष्ट्रिय जनता पार्टीले १० स्थानमा जित हासिल गरेको छ ।

संघीय समाजवादी फोरम र नेकपा एमालेको चौथोका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

सम्बन्धित समाचार