त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २१ घन्टा सञ्चालनमा

May 21, 2018

काठमाडौं : सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमवारदेखि दैनिक २१ घण्टा संचालन गर्न सुरु गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले एक कार्यक्रमकाबीच विमानस्थल दैनिक २१ घण्टा संचालन गरिएको औपचारिक घोषणा गरे । विमानस्थलको काम कारवाहीलाई व्यवस्थित  र उडानलाई सुरक्षित बनाउन सोमबारदेखि विमानस्थललाई दैनिक २१ घण्टासम्म संचालन गर्न लागिएको मन्त्री अधिकारीले बताए ।

मन्त्री अधिकारीले सरकारले विमानस्थललाई २४ घण्टा नै संचालन गर्ने लक्ष्य लिएको बताएका थिए ।

१८ घण्टा दैनिक संचालन हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन अवधि ३ घण्टा थप गरेर २१ घण्टा पुर्‍याइएको हो । थप गरिएको समयले विमान उडान व्यवस्थापन थप सुदृढ हुने विमानस्थलको दावी छ ।

कार्यक्रममा मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले विमानस्थललाई व्यवस्थित बनाउन दैनिक २१ घण्टा संचालन गर्ने निर्णय लिएको स्पष्ट पारे । उनले सरकारका निर्णय पूर्ण पालना गर्न विमानस्थलका सम्पूर्ण कर्मचारीलाई निर्देशन समेत दिए ।

सचिव देवकोटाले विमानस्थलको काम कार्वाही प्रभावकारी नभए सम्बन्धित कर्मचारीमाथि कडा कार्वाही गर्ने चेतावनी पनि दिए । उनले सरकारको निर्णय अनुसार काम नगर्ने प्रवृति सरकारका लागि सैह्य नहुनेतर्फ पनि कर्मचारीहरुको गम्भिर ध्यानाकर्षण गराए ।

सम्बन्धित समाचार