प्याब्सनको अध्यक्षमा मोरङका टिकाराम पुरीको उम्मेद्वारी, यस्ता छन् प्रतिबद्धताहरु

March 11, 2019

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याबसन)को अध्यक्षतामा मोरङका टिकारा पुरीले उम्मेदवारी दिएका छन् ।

सोमवार राजधानीको बागबजारस्थित हार्दिक होटलमा एक पत्रकार सम्मेलन गरि पुरीले प्याबसनको १४औँ महाधिवेशनको अध्यक्षताको पदमा उमेद्वारी घोषणा गरेका हुन् ।

प्याब्सनको सल्लाहकार रहेका पुरी करिब अढाई दशकदेखि शिक्षा क्षेत्रमा सकृय छन् । उनि विराटनगरको एभरेस्ट कलेजका प्रधानाध्यापक हुन् । प्याबसनको १४औँ महाधिवेशनको चुनाव यही फागुन २८ र २९ गते काठमाण्डौँमा हुने भएको छ ।

अहिले नीजि विद्यालयहरुको भविष्यका विषयमा समेत प्रश्न उठिरहेको अवस्थामा यी सबै समस्या हल गर्न आफु सक्षम भएको पुरीले दावी गरे ।

‘पछिल्लो समयमा सरकारी निकाय र अरु विभिन्न पक्षबाट नीजि विद्यालयको अस्तित्व नै समाप्त हुने गरी गतिविधि भइरहेको छ । यि सबै समस्या आगमी दुई बर्ष भित्रमा समधान गर्नेछौं ।’ पुरीले थपे, ‘निजी विद्यालय क्षेत्रलाई समाजमा र राष्ट्रको लागि अझै उत्तरदायी बनाएर आगमी दिनमा लैजाने छौं ।’

उनले नयाँ जोश, नयाँ जाँगर, नयाँ सोच अनि नयाँ भिजनका साथ अगाडि बढ्ने समेत बताए । ‘निजी क्षेत्रमा लगानी गर्न खतरा हुने चुनौतीको समाधान गर्नेछु ।’ पुरी भने ।

टिकाराम पुरीका समुह

यस्ता छन् पुरीका प्रतिबद्धता

सम्बन्धित समाचार