शहीद स्मारक ‘ए डिभिजन लिग’को ट्रफी प्रदर्शन

September 17, 2018

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिगको ट्रफी प्रदर्शन गरेको छ ।

सोमवार राजधानीको त्रिपुरेश्वोरस्थित दशरथ रंगशालामा एन्फाले ‘स्कोर अ गोल’ भन्ने नारा सहित हुन गइरहेको शहीद स्मारक ‘ए’ डिभिजन लिगको ट्रफी प्रदर्शन गरेको हो ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, नेपालका राष्ट्रिय टिमका कप्तान वीरेन्द्र महर्जन, विक्रम लामा, गायिका इन्दिरा जोशीलगायतको उक्त कार्यक्रममा सहभागी रहेको थियो ।

कार्यक्रममा एन्फाका अध्यक्ष शेर्पाले अब नेपालको फुटबलमा ३ वटा ‘प’ पूर्वाधार, प्रशिक्षण र प्रतियोगिता लाई विकासमा जोड दिने बताउदै उनले आगामी वर्षदेखि राष्ट्रिय लिग र एन्फा प्रेसिडेन्ट कप पनि सञ्चालनमा ल्याउने समेत दाबी गरे ।

एन्फाले ४ वर्षदेखि विभिन्न कारण बस रोकिएको ‘ए’ डिभिजनको लिग यसपटक यही असोज १३ गतेदेखि सञ्चालन गर्ने भएको छ भने उक्त लिगमा १४ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित समाचार