अज्ञात समूहद्वारा त्रिपिटकमा अागजनी, बम्जनका अनुयायीले जलाएको स्थानीयको अारोप

September 13, 2017

जलाइएको त्रिपिटक बाटोमा फालिएको अवस्थामा । तस्बिर: सन्तोष तामाङ ।

चितवन ।  गएराति भरतपुर महानगरपालिका–१६ शरणपुरमा अज्ञात समूहद्वारा बौद्ध धर्मावलम्बीकाे पवित्र ग्रन्थ त्रिपिटकलगायतका छ्योइमा अागजनी गरेको, बुद्धको मुर्ति र लामाले प्रयोग गर्ने दोर्जे डिल्बु फ्याकेको अवस्थामा फेला परेको छ।

स्थानीय पत्रकार सन्तोष तामाङले स्थानीयलाइ उद्धृत गर्दै उक्त कार्य रामबहादुर बम्जनका अनुयायीले गरेको अारोप लगाएका छन् ।

उक्त घटनाको विरोध गर्दै स्थानीय बौद्धधर्मावलम्बीले बुधबार जिल्ला प्रहरी कार्यलय चितवनमा उक्त कार्य गर्नेलाइ पत्ता लगाइ कारबाही गर्न उजुरी दर्ता गराएका छन् ।

धार्मिक सहिष्णुतामा खलल पुराउने हिसाबले बम्जनका अनुयायी यसअघिदेखिनै उद्दत रहेकोले स्थानीयले उनीहरूमाथि अाशंका गरेको तामाङले बताए ।

 

सम्बन्धित समाचार