ट्रम्पको आदेशले नेपालीलाई केही असर गर्दैन

May 18, 2017

राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले विशेष गरी ७ मुलुकका नागरिकलाई ९० दिन यात्रा गर्न बन्देज लगाएको हो । यो कार्यकारी आदेशले नेपाली समुदायलाई खासै असर पर्दैन । ग्रिनकार्ड होल्डरलाई रोक्छ भन्ने हल्ला मात्र हो । ग्रिनकार्ड होल्डरले निर्धाक्क साथ यात्रा गरे हुन्छ । अमेरिकामा कागज नभएकालाई कागज पाउने अवसर पनि पहिला जस्तो हो त्यही अनुसार छ ।
नेपाली आफ्नो मुलुकमा ट्राभल गर्न चाहन्छ भने यो कार्यकारी आदेशले खासै केही असर गर्दैन तर अब यात्रा गर्दा ६ महिना भन्दा बढी नबसेको राम्रो । ग्रिनकार्ड भएपछि पहिला लामो समय बसे पनि प्रक्रिया मिलाएपछि खासै फरक पर्दैनथ्यो । अब त्यो परिस्थित नहुन सक्छ । लामो समय बसे प्रश्न गर्न सक्छ । पर्यटक भिषा भएकाले पनि निर्धक्कसाथ आउन सक्छन् । पहिलाभन्दा अलि कडाइका साथ प्रश्न सोध्ने मात्र हो । यसका लागि सहयोगी कागजात बोक्नुपर्छ र यात्राबारे निर्धक्कसाथ बताउन सक्नुपर्छ ।

यो आदेश जारी भएपनि कागज पाउन जजसले कानुनी रुपमा निवेदन दिएको छ उनीहरुको कागजी प्रक्रियाहरु अघि बढिरहेको हुन्छ । केस चलिरहेको व्यक्तिको पनि चलिरहन्छ । केही पनि समास्या हुदैन । अमेरिकाको कानुन नै परिवर्तन भए मात्र डराउनुपर्ने हो । यो कार्यकारी आदेशले केही फरक पर्दैन ।

केही निश्चित राज्यमा संघीय सरकारले गरेको कार्यक्रममा समन्वय गर्ने भने अनुसार स्थानीय सुरक्षाकर्मीले इमिग्रेसन स्टाटसबारे सोधपुछ गर्ने स्पष्ट नभएको अवस्थामा संघीय सरकारलाई हस्तन्तरण गर्न सक्ने देखिन्छ । कार्यकारी आदेशले डिर्पोटेसन गर्ने कुरामा गम्भीर अपराधमा मुछिएका व्यक्तिहरुलाई गर्न सक्छ तर सर्वसाधारणलाई त्यतिकै डिर्पोट गर्न पाइदैन । त्यसरी डिर्पोट गर्न खोजे कानुनी उपायहरु अपनाउनु सकिन्छ ।

(अमेरिकामा क्रियाशील वरिष्ठ कानुन व्यवसायी क्षेत्रीसँग एभरेस्ट टाइम्सका प्रधान सम्पादक अाङछिरिङ शेर्पाले गरेको कुराकानीमा अाधारित ।)

सम्बन्धित समाचार