तामाङ समाज अमेरिकाले आउँदो ल्होछार भव्यताकासाथ मनाउने

October 14, 2018

न्युयोर्क । तामाङ समाज अमेरिकाले आउँदै गरेको ‘२८५५ औं फा ल्हो’ सोनाम ल्होछार भव्यताका साथ मनाउने भएको छ । अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा समाजको कार्यालयमा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

ल्होछार फेब्रुअरी २ मा लङ इज्ल्यान्ड सिटीमा रहेको फाइभस्टार बङक्वेटमा मनाउने समाजले जनाएको छ । तामाङ भाषा, धर्म, संस्कार, सँस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यकासाथ मौलिक परम्परामा सन्देशमुलक ढंगले ल्होछार मनाउने तयारी शुरु भइसकेको समाजले जनायो ।

सम्बन्धित समाचार