उत्तर अमेरिकी तामाङ समाजले आपतविपतमा सहयोग गर्ने

February 7, 2018

एभरेस्ट टाईम्स् / न्युयोर्क

उत्तर अमेरिकी तामाङ समाजले उत्तर अमेरिकामा बसोबास गर्ने तामाङहरुलाई आपतविपत पर्दा सहयोग गर्ने भएको छ । विपतकालिन सहयोग उपसमिती बनाएर सञ्चानल गर्ने गरी हालै बसेको समाजको पहिलो बैठकबाट निर्णय गरेको जानकारी अध्यक्ष लक्यान लामाले दिएका छन् । सो उपसमितीको सँयोजकमा वरिष्ठ उपाध्यक्ष शेर लामालाई चयन गरिएको पनि उनले बताए । उपसमितीमा प्रत्येक राज्यका उत्तर अमेरिकी तामाङ समाज च्याप्टरका अध्यक्ष लगायत त्यस क्षेत्रमा बिज्ञता राख्ने सदस्यहरु रहने छन् । यसका लागि केहि गृहकार्य गरी छलफल पछी यसको सञ्चालन कार्यबिधी अबको बैठकमा प्रस्तुत गर्ने उपसमिती संयोजक शेर लामाले बताए । 

समाजको पहिलो बैठकबाट संस्था सञ्चालनको लागि कार्यसमितीबाट महिनावरी लेभी उठाउँने, कार्यसमितीका लागि आचारसंहिता बनाई लागू गर्ने, संस्थाको कार्यालय सँचालनको लागि पहल गर्ने, संस्थाको नाम सँशोधनको लागि आवश्यक प्रकृया अघि बढाईने लगायतका निर्णय समेत भएको महासचिव डोल्मा घिसिङले जानकारी दिईन् । त्यसैगरी हालै सम्पन्न पहिलो उत्तर अमेरिकी तामाङ सम्मेलन सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुराएका ब्यक्ती तथा सँघ संस्थाहरुलाई धन्यबाद ज्ञापन गर्ने बिशेष प्रस्तावलाई बैठकबाट पारित गरिएको पनि उनले बताईन् ।

सम्बन्धित समाचार