त्रिभुवन विश्वविद्यालयले छुट्टाछुट्टै दीक्षान्त समारोह गर्ने 

August 13, 2017

काठमाडौं । त्रिविले हरेक वर्ष सञ्चालन गर्दै आइरहेको दीक्षान्त समारोहमा विद्यार्थीको चाप अत्यधिक रुपमा बढ्दै गएकाले व्यवस्थित रुपमा सञ्चालन गर्न अब छुट्टाछुट्टै दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । आइतबार त्रिवि सभामा उपकुलपति डा तीर्थराज खनियाले विद्यार्थीको संख्या बढी हुँदा दीक्षान्त व्यवस्थापन गर्न कठिनाइ भएकाले विद्यार्थी संख्या तथा अध्ययन संस्थान र संकायअनुसार छुट्टाछुट्टै दीक्षान्त समारोह आयोजना गर्न त्रिविले योजना अघि सारेको बताए ।

सम्बन्धित समाचार