यू-१९ विश्वकप क्रिकेटः भारतलाई हराउँदै वेस्टइन्डिजले उचाल्यो उपाधि

May 18, 2017

डिफेन्डिङ च्याम्पियन भारतलाई पराजित गर्दै वेस्टइन्डिजले यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि कब्जा गरेको छ ।
अाइतबार बंगलादेशको ढाकामा भएको भिडन्तमा  वेस्टइन्डिजले भारतलाई पाँच विकेटले पराजित गरेको हो ।उपाधि भिडन्तमा पहिले ब्याटिङ गर्दै भारतले ४५.१ ओभरमा सबै विकेट गुमाउँदै दिएको १४६ रनको सामान्य लक्ष्य वेस्टइन्डिजले ५ विकेटको क्षतिमा ४ बल अगावै भेटाउँदै पहिलो पटक उपाधि चुम्न सफल भएको हो ।

सम्बन्धित समाचार