युएईमा पहिलो डम्फु साँझ हुँदै, नेपालबाट चर्चित कलाकार पुग्ने

March 29, 2019

युएईमा पहिलो डम्फु साँझ २०१९ हुने भएको छ । हाम्रो डम्फु हाम्रै सान, यसैमा छ तामाङ पहिचान भन्ने मुल नाराका साथ अप्रिल १९ मा दुबईस्थित काल्र्टन टावरमा हुने डम्फु साँझ आयोजना हुने भएको कार्यक्रम संयोजक सुरेन्द्र थिङले जानकारी दिए ।

कार्यक्रमका लागि नेपालबाट गायकगायिकाहरु इन्दिरा गोली, फूलकुमार बम्जन, विश्व दोङ, जितु लोप्चन, म्हेन्दोमाया गायक सुमन घले, नायक अमिर दोङ, नायिका सुष्मा मोक्तान, सुनिता लुङ्बा र उद्घोषिका स्मारिका थिङ पुग्ने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार