उदय शम्शेरले भने-यसपटक पनि म जित्दैछु

November 20, 2017

नेत्र तामाङ/बडिखेल, ललितपुर

ललितपुर क्षेत्र नं १ बाट कांग्रेस उम्मेदवार रहेका अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले सोमबार बडिखेलको वडा ४ पुगेर घरदैलो गरेका छन्। घरदैलोपछि उनले यसपटक पनि अाफू जित्ने दाबी गरे।

उनले भने, ‘जनताले मलाइ साथ दिने छन्, पुलिसमा ३० वर्ष काम गरेपनि एउटालाइ जागिर लगाउन नसक्ने प्रहरी अधिकृतलाइ जिताउने छैनन्।’

 

वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका प्रतिद्वन्द्वी नवराज सिलवालप्रति लक्षित गर्दै उनले आफुले नगरेको काम वाम गठबन्धनका उम्मेदवारले प्रशस्तै गरेको आरोप लगाए।  राणाले भने, ‘सामाजिक सञ्जाल फेसबुक, युट्युबमा हेर्नुस, मैले नगरेको काम उहाँले प्रशस्तै गर्नुभएको छ।’

 

आफु दोस्रोपटक चुनावी मैदानमा रहेको र मतदाताले आफुलाई यसपटक पनि निर्वाचित गर्नेमा ढुक्का रहेको राणाले बताए।

सम्बन्धित समाचार