किराँत राईले टुँडिखेलमा यसरी मनाए उधौली, २० फोटोमा हेर्नुस् साकेला अवतार

January 5, 2019

शुभप्रभात राई/काठमाडौं

किराँत राईको महान पर्व उधौलीको अवसरमा टुँडिखेलमा भव्य कार्यक्रम आयोजना गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई प्रमुख अतिथि रहेको कार्यक्रममा उपस्थितहरुले साकेला नाचमा मस्त देखिन्थे ।

शनिवार राजधानीको सुन्धारास्थित टुडिखेलमा किराँत राई यायोक्खा, जिल्ला कार्यसमिति काठमाडौंद्वारा आयोजित भोजपुरका सांसद सुदन किराँती, किराँत राई केन्द्रिय यायोक्खाका कार्यवाहक अध्यक्ष दिवस राई, चण्डी बिजुवा प्रेमकुमार राई लगायत पनि उपस्थिति थिए ।

चण्डी बिजुवा राईले पारुहाङ, सुम्निमा साथै तीन चुलामा पितृ तथा भूमिको पूजा पूजा गर्दै कार्यक्रम सुरु भएको थियो । किराँती प्रकृति पूजक भएकाले प्रकृतिलाई खुसी पार्न हरेक वर्ष बाली लगाउने समयमा उभौली र अन्नबाली पाकि सकेपश्चात् बाली भित्र्याउँदै उधौली पर्व मनाउँछन् ।

पर्वका अवसरमा परम्परागत भेषभूषामा सजिएर गोलो घेरामा ढोल र झ्याम्टाको तालमा साकेला – साकेन्वा सिली नाच्ने गरिन्छ, साथै चाड मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं १ का मुख्य मन्त्री राईले उधौली पर्वको अवसरमा सम्पूर्ण किराँतीहरुलाई शुभकामना व्यक्त गर्दै भने, ‘हामी किराँती भूमिका सन्तति हौं, परापूर्वकाल देखि नै हामीले भूमिलाई पुज्दै आइरहेका छौं।  भूमिलाई आफ्नो जीवनको मूल आधार मान्दछौं र निरन्तर पूज्नु हाम्रो कर्तव्य हो ।’

राईले किराँतीहरुको छुट्टै गौरवपूर्ण इतिहास रहेको दाबी गर्दै भने, ‘किराँतीहरुको बेग्लै सभ्यता छ, आफ्नै लिपि छ, भाषा छ। अनि, आफ्नै खान पान, रहन सहन, भेषभूषा साथै आफ्नै संस्कार र संस्कृति छ ।’

हाम्रो संस्कारहरु संरक्षण साथै हस्तान्तरण गर्न पनि आवश्यक रहेको बताउदै उनले भने, ‘हाम्रो भाषा, धर्म, संस्कार, संस्कृतिहरुलाई हाम्रा भावी सन्ततिहरुमा हस्तानतरन एवं पुष्तानतरणगर्न सकेनौ भने हामी बाच्नुको र हुनुको कुनै अर्थ छैन ।’

उनले प्रदेश नं १ लाई चाडै सुखी, समृद्धि र गौरवमय बनाउने दाबी गर्दै भने, ‘नक्सा कोरेर, सुन्दर डिजाइन बनाएर, विकासको एउटा मोडेल तयार गरेर प्रदेश नं १ को विकास र समृद्धिको काम सुरु भैसकेको छ । हामीले आधुनिक विकासको पक्षमा कृषिलाई मुख्य प्राथमिकताका साथ अगाडि बढाइरहेका छौं ।’

सम्बन्धित समाचार