इन्द्रावतीमा उद्यमशिलता तालिम, व्यावसायिक उद्योग खोल्नेलाई सहयोग हुन्छ : अध्यक्ष तामाङ

December 14, 2018

फुलमान तामाङ

आज इन्द्रावती गाउँपालिका र घरेलु तथा साना बिकास समितिको आर्थिक एवं प्राविधिक सहयोगमा उद्यमशिलता बिकास तालिम  समापन भएको छ।

शुक्रवार गाउँपालिकाको कार्यलय नवलपुरमा उक्त तालिम  समापन भएको हो। कार्यक्रममा इन्द्रावती गाउँपालिकाको अध्यक्ष बंशलाल तामाङले गाउँपालिका भरिका कृषकहरूलाई व्यवसायिक रुपमा आफ्नो व्यवसाय सञ्चालन गर्न हौसला दिदै  उनले भने ‘व्यावसायिक रुपमा उद्योग सञ्चालन गर्नेलाई गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्छ।’

साथै कार्यक्रममा गाउँपालिका का प्रमुख प्रशाकिय अधिकृत बिनोद रोकाले सैद्धान्तिक ज्ञान व्यवहारमा लागू गरी प्रचारप्रसार गर्ने वातावरण बनाउनु पर्ने कुरामा जोड दिए। साथै यस्ता उद्यशिलता तालिम सबैको निमित्त आवश्यक भएको औल्याए।

समृद्ध गाँउपालिका निर्माण र आत्मनिर्भर बन्नका लागि कृषकको क्षमता अभिबृद्धिसगै आयआर्जनमुखि बनाउनका लागि व्यवासायिक रुपमा कृषि तथा पशुपालान कार्यक्रमलाई गाँउपालिकाले विशेष प्रथामिकतामा राखेको छ।

उद्यमशिलता तालिम मा सहभागी भएका प्रशिक्षार्थी क्षेत्र बहादुर तामाङ भन्छन् ‘तालिम एकदमै प्रभावकारी भयो र व्याबसायिक, उद्यमी कसरी बन्ने त्यो बारे सैद्धान्तिक कुराको जानकारी प्राप्त भयो।’

कार्यक्रममा गाउँपालिकाको वडा नं २, ३, ४, ५, ६ बाट २२ जना सहभागिता रहेको थियो। सहभागी मध्ये केही व्यबसायिक रुपमा पशुपालन फर्म सन्चालन गरेका व्यबसायी हरु थिए भने केही उद्यम गर्न चाहने ब्यक्ति हरु थिए। तालिम प्रशिक्षण भने उमेश शिल्पकारले गराएका थिए। उक्त तालिम सञ्चालन यहि मङ्सिर २० गते देखि भएको थियो।

सम्बन्धित समाचार