एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलको सहमति

October 3, 2017

काठमाडौं । दुई ठूला वामपन्थी दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्ने सहमति जुटेको छ ।
ललितपुरमा मंगलबार दुई दलका शीर्ष नेतासहितको वार्तामा तालमेल गरी निर्वाचनमा जाने र पार्टी एकताका लागि संयुक्त संयोजन समिति बनाउने सहमति भएको केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।
उक्त सहमतिबारे दुई दलले आजै अपराह्न ५ बजे राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी सहमतिपत्र सार्वजनिक गर्ने भएको छ ।

सम्बन्धित समाचार