भरतपुरको मतगणना सुरू गर्न माग गर्दै एमालेद्वारा संसद अवरुद्ध

May 31, 2017

काठमाडौं।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मत गणना तत्काल सुरु गर्नुपर्ने माग गर्दै व्यवस्थापिका संसद अवरुद्ध पारेको छ ।

व्यवस्थापिका–संसदकी सभामुख ओनसरी घर्तीले बुधबारको व्यवस्थापिका संसद बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै एमाले सांसदले उठेर विरोध जनाएका थिए ।

बैठकमा समय लिएर बोलेका एमाले सांसद सुरेन्द्र प्रसाद पाण्डेले मतपत्र च्यात्ने नेकपा माओवादी केन्द्रको क्रियाकलापलाई पराजित मानसिकताले उद्त र जनतामाथिको कुर्किति भनी टिप्पणी गरे।

वैशाख १५ गते राति भरतपुर महानगरपालिकाको मतगणना स्थलमा वडा नम्बर १९ को मतगणना हुँदै गर्दा माओवादी केन्द्रका प्रतिनिधि द्रोण बहादुर सिवाकोटी र मधु न्यौपानेले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको हो ।

अाजको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार प्रस्तुत गरेको अार्थिक वर्ष २०७४/०७५ को बजेटबारे छलफल गर्ने कार्यसूची थियो।

सम्बन्धित समाचार