राष्ट्रसंघमा बुद्ध जयन्ती

May 2, 2018

विश्व शान्तिको प्रतीक भगवान गौतम बुद्धको २५६२ औं बुद्ध जयन्ती संयुक्त राष्ट्रसंघले पनि विशेष कार्यक्रमको साथ मनाएका छ । राष्ट्रसंघले बुद्ध जयन्तीको अवसर पारेर मंगलबार बिहान श्रीलंकन सरकारको प्रतिनिधिले आफ्नै राजदुतावासमा बिहानीपख धार्मिक मन्त्रपाठका साथ बुद्ध जयन्ती मनाएको थियो ।


त्यस्तै साँझ राष्ट्रसंघले विश्वका विभिन्न राष्ट्रका प्रतिनिधिहरुको उपस्थितिमा बुद्धको बारेमा प्रवचन कार्यक्रमको आयोजना गरियो । राष्ट्रसंघको महासचिव एन्टोनियो गुटरको उपस्थिति रहेको कार्यक्रममा मुलुकको विभिन्न मुलुकका राष्ट्र प्रतिनिधिहरुले बुद्ध जयन्तीको महत्व र उनीहरुले मनाउँदै आएको बुद्ध जयन्तीबारे जानकारी गराएका थिए । कार्यक्रम बेलुकी ६ बजेदेखि ९ बजेसम्म भएको थियो । कार्यक्रममा विश्वका ५३ देशका प्रतिनिधिले बुद्ध जयन्तीको महत्वबारे धारणा राखेका थिए ।

यसपटक राष्ट्रसंघको निमन्त्रणमा हिमाली कम्युनिटिको तर्फबाट शेर्पा किदुगकले भाग लिएको थियो भने नेपाल सरकारको प्रतिनिधिको रुपमा नेपाली वाणिज्य दुतावासका महावाणिज्यदुत मधु मरासिनिले भाग लिएका थिए । किदुगबाट अवतारी लामा टुल्कु, खेन्पो वगीन्द्र शिला, आचार्य ङवाङ सांगे, किदुगका महासचिव तेन्डी शेर्पा र अध्यक्ष उर्गेन शेर्पाको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार