१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राष्ट्रसंघ अगाडि ओलीविरुद्ध तरुण दलको नारा, ‘नो मोर कम्युनिस्ट, निर्मलालाई न्याय दे'[भिडियो]


१२ आश्विन २०७५, शुक्रबार  

0
Shares

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघमा सम्बोधन गर्न अमेरिकाको न्युयोर्क पुगेका बेला सभास्थलबाहिर तरुण दलले विरोध गरेको छ ।

कालो पहिरनमा आएका तरुण दल अमेरिकाका कार्यकर्ताले सभाहल बाहिर नो मोर कम्युनिस्ट र निर्मलालाई न्याय दे जस्ता नारा लगाएका थिए । त्यसैगरी उनीहरुले निर्मलाका हत्यारालाई फाँसी दिनुपर्ने मागसेत गरे ।

कम्युनिस्ट सरकार अधिनायवादी बन्दै गएको आरोप लगाउँदै शान्ति सुरक्षासमेत खस्कँदै गएकोले आवाज सुनोस भनेर आफूहरुले प्रदर्शन गरेको तरुण दल अमेरिकाले जनाएको छ ।

त्यसैगरी अमेरिकामा रहेको जनजातिलेसमेत प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गरेको छ । आइएलओ १६९ ले व्यवस्था गरेअनुसारको समानता व्यवहारमा उतार्नुपर्ने माग गर्दै उनीहरुले प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गरेका हुन् ।

 

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार  ७ : ५९ बजे