उपेन्द्र यादवले भने, ‘मेरै पार्टी नगएपनि मधेसमा चुनाव रोकिदैन’

June 8, 2017

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा कुनै पनि हालता स्थानीय तहको निर्वाचन हुने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यादवले अाफ्नै पार्टी निर्वाचनमा नगएपनि निर्वाचन नरोकिने बताए ।

‘अब चुनाव हुन्छ, हुन्छ, कोही पार्टीले चुनावमा जान्नभन्दा पनि अब चुनाव रोकिँदैन,’ उनले भने, ‘उपेन्द्र यादवको पार्टी नजाँदा पनि चुनाव हुन्छ, महन्थ ठाकुरको पार्टी नजाँदा पनि चुनाव हुन्छ । किनकी जनताले चुनाव चाहेका छन् ।’

असार १४ मा हुने दोस्रो चरणको निर्वाचनकालागि देशव्यापी रुपमा उत्साह छाएको भन्दै उनले जनता रेनकोट र छाता ओढेर मतदान गर्न तयार रहेको बताए ।

सम्बन्धित समाचार