अमेरिकी जोडीले ४० दिनमा ७ वटा महादेश पुगेर बिहे गर्दै, तेस्रो नेपालमै

June 22, 2017

एजेन्सी । अमेरिकी नागरिक ग्याब्रियला र टिमोथीले ४० दिनमा विभिन्न ७ वटा देशमा पुगी ७ पटक नै बिहे गर्ने योजना बनाएका छन् ।  सम्बन्धित देशको रीतिअनुसार बिहे गर्ने उनीहरूको योजनाको पाँचाै बिहे सम्पन्न भइसकेको छ ।

जापानबा बिहेयात्राको सुरुवात गरेका उनीहरूले इन्डोनेसिया, नेपाल, भारत र त्यसपछि केन्यामा बिहे भइसकेको छ ।

गत मे १८ मा शिन्टो परम्परा अनुसार जापानमा पहिलो बिहे सम्पन्न गरेका भयो । त्यसपिछ मे ३० मा उनीहरुले इण्डोनेसियाको बालीमा दोश्रो बिहे गरे ।

यिनीहरुको तेस्रो बिहे चाहीँ नेपालमा भएको हो । गत जुन २ तारेखमा उनीहरुबीच ललितपुरको पाटनमा बिहे भयो । नेपालमा बाैद्ध परम्पराअनुसार बिहे गरे र भारतको चेन्नाइ पुगेर हिन्दू परम्परा अनुसार बिहे सम्पन्न भयो ।

भारतपछि उनीहरु केन्यातर्फ लागे । केन्याको मासाइ मारामा ग्याब्रियला र टिमोथीबीच यो हप्ताको सुरुमा पाँचौ बिहे भएको छ ।

भेटेनरी डाक्टरसमेत रहेकी ग्याब्रियला र मनोविज्ञान विषयका विद्यार्थी रहेका उनका पति टिमोथीको अध्ययनका क्रममा जापानमै भेट भएको थियो ।

 

योजनाअनुसार उनीहरुबीचको छैटौँ बिहे चेक गणतन्त्रको राजधानी प्रागको आकाशमा एयर बेलुनमा उडेर गर्नेछन् ।

अन्तिम अर्थात साताैं बिहे नेदरल्याण्डको एम्सटर्डममा हुने तालिका रहेको छ ।

सम्बन्धित समाचार