‘कुमारी’ युवतीलाइ मात्र उच्च शिक्षाको छात्रवृत्ति

May 18, 2017

जोहनस्बर्ग । दक्षिण अफ्रिकाको उथेकेला नगरपालिकाकी मेयर डुडु मोजिबुले यस्तो घोषणा गरेकी हुन् । आफै एक महिला मेयर भएर पनि ‘भर्जिन’ छात्रालाई मात्र छात्रवृत्ति दिने उनको घोषणाले सनसनी फैलिएको छ ।
उनले भनेकी छिन्–जबसम्म युवती कुमारी रहन्छिन्, तबसम्म उनले छात्रवृत्ति पाइरहनेछिन् । यसका लागि कौमार्य जाँचमा पास हुनुपर्ने उनले बताएकी छिन् । यसपटक ११३ जना विद्यार्थीले उच्च शिक्षाका लागि यस्तो छात्रवृत्ति पाउने भएका छन् ।
एचआइभी एड्स जस्ता खतरानाक रोगसँग लड्न यस्तो स्किमको घोषणा गरिएको मेयर कार्यालयको दाबी छ ।

सम्बन्धित समाचार