एनआरएन सम्मेलन ‘भिजन २०२० एन्ड बियोन्ड’ सर्बसम्मत रुपमा पारित

October 15, 2017

काठमाडाैं । गैरआवासीय नेपाली संघ(एनअारएन)ले संस्थाको आगामी मार्गचित्रका रुपमा ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सर्वसम्मत रुपमा पारित गरेको छ ।

संघका अध्यक्ष शेष घलेले पेश गरेको यो मार्गचित्रमा संघको आगामी दशकको मार्गचित्र पेश गर्दै त्यो लक्ष्य हाँसिल गर्न बिभिन्न संरचनागत सुधार गर्ने प्रस्ताव गरिएको छ ।

जसअन्तर्गत हाल अध्यक्षमा रहेका केही जिम्मेवारी उपाध्यक्ष लगायतका पदाधिकारीमा बाँड्ने, सचिवालयलाई बलियो बनाउने, संघ अन्तर्गत बिभिन्न बिभागहरु सिर्जना गरी ती बिभागलाई भिन्नभिन्न पदाधिकारीले नेतृत्व गर्ने लगायतका प्रस्ताव गरिएको छ ।

सम्बन्धित समाचार