फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता खुला, साउन १५ सम्म दर्ता गर्न सकिने

July 10, 2017

काठमाडौं । निर्वाचन आयोगले प्रादेश र संघीय संसदको चुनावका लागि फोटो सहितको मतदाता नामावली अध्यावधिक गर्ने निर्णय गरेको छ । तर, नाम लगाउन सम्वन्धित जिल्ला निर्वाचन अधिकृतको कार्यालयमै जानु पर्नेछ ।

निर्वाचन आयोगले सोमबार साउन १ देखि १५ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता खुला गर्ने निर्णय गरेको छ । यो आगामी प्रदेश र संसदको निर्वाचनका लागि भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

यसका लागि नागरिकता लिएर जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा जानु पर्नेछ । साथै बसाई सरेको भए त्यसको प्रमाण लिएर निर्वाचन अधिकृतको कार्यालयमा जानु पर्नेछ ।

सम्बन्धित समाचार