१३ सदस्यीय ‘हामी भोजुपरे’ गठन: उद्देश्य, भोजपुरवासीबीच समन्वय

April 28, 2018

काठमाडौं: भोजपुर घर भई देशविदेशमा छरिएका भोजपुरवासीलाई एकतामा गाँस्दै एकले अर्कालाई सहयोग गर्न ‘हामी भोजपुरे’ गठन भएको छ।

वैशाख ८ गते ललितपुरको ताल्छीखेलमा भोजपुरबासीहरुको भेलाले सुजन राईको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो ।

भोजपुरवासीको भावनालाई एकरुपता दिई समन्वय गर्दै एकतामा बाँध्नको लागि समूहको स्थापना भएको अध्यक्ष राईले जानकारी दिए ।

समितिका उपाध्यक्षमा गीता राई, सचिवमा हेमन राई, सहसचिवमा कविराज राई, कोषाध्यक्षमा दुर्गाप्रसाद घिमिरे र सहकोषाध्यक्षमा प्रवीण राई रहेका छन्। त्यसै गरी सदस्यहरूमा पूर्ण साम्पाङ, राधिका साम्पाङ, श्यामबाबु गजमेर, खेमराज खत्री, सीता राई र अइन्द्रकुमार राई रहेका छन् ।

भेलाले डा चुडाबहादुर श्रेष्ठ, उद्ववकुमार राई र डा कविराज बान्तावालाई समितिको सल्लाहकारमा चयन गरिएको छ ।

सम्बन्धित समाचार