यसरी थाहा पाउनुस वाइफाइको पासवर्ड

May 18, 2017

अचेल कामको सिलसिलामा विभिन्न सञ्जालदेखि गेजेटमा पासवर्ड राख्नुपर्छ । वाइफाइको पासवर्ड पनि महत्वपूर्ण नै हो । कहिलेकहिले वाइफाइको पासवर्ड भुलेर हैरान हुन्छ । यसका लागि हामीले आफ्नै ल्यापटपमा केही स्टेप चाले वाइफाई पासवर्ड सजिलै पत्ता लगाउन सकिन्छ ।

पासवर्ड पत्ता लगाउन अपनाउनुस यी स्टेपहरुः

स्टेप १

सबैभन्दा पहिले कन्ट्रोल प्यानेलमा जानुहोस

स्टेप २

त्यसपछि नेटवर्क एन्ड सेयरिङ सेन्टरमा पुगेर “Change adapter settings”   मा क्लिक गर्नुहोस

स्टेप ३

तपाईले जुन वाइफाइको पासवर्ड भुल्नु भएको हो त्यसलाई सेलेक्ट गरी राइट क्लिक गर्नूहोस । त्यसपछि स्टाटस अप्सनमा क्लिक गर्नुहोस

स्टेप ४

स्टेटस अप्सनमा गएर मा  Wireless properties  क्लिक गर्नुहोस ।

स्टेप ५

त्यपछि नयाँ विन्डो खुल्छ । त्यहाँ Security ट्याबमा क्लिब गर्नुहोस ।

स्टेप ६

त्यसपछि Show Characters  मा टिक मार्क लगाउनुस । पासवर्ड देखिन्छ ।

सम्बन्धित समाचार