एमालेको जित सुरु मुस्ताङमा तुलाचन, मनाङमा गुरुङ, पूर्वी रुकुममा माओवादी केन्द्रकी रोका

December 8, 2017

काठमाडौं । मुस्ताङ प्रतिनिधि सभामा वाम गठबन्धनका संयुक्त उम्मेदवार बनेका एमालेका प्रेम प्रसाद तुलाचन ३ हजार ५ सय ४४ मत प्राप्त गरेर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३ हजार १ सय ८१ मत प्राप्त गरे।

प्रदेश क मा एमालेका इन्द्रधारा विष्ट विजयी भए ।
प्रदेश ख मा भने कांग्रेसका चिन्ताबहादुर घले विजयी भए।

मनाङमा एमालेका छोपाङ पोल्देन गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भए।

पोल्देनले पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता टेकबहादुर गुरुङलाई २ सय ७९ मतले पराजित गरेका हुन्।

पोल्देनले २ हजार ३ सय मा प्राप्त गरे भने टेकबहादुरले २ हजार २१ मत पाए।
प्रदेश खमा दीपक मनाङ विजयी भए।

रुकुममा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रकी कमला रोकाले निकटम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ठूलो अन्तरले पछि पारिन् । रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४४०६ मत ल्याए ।

 

सम्बन्धित समाचार