विश्व कला परिषद् एसिया प्रसान्त क्षेत्रको अन्तराष्ट्रिय सम्मेलन नेपालमा हुने

August 16, 2018

शुभप्रभात राई / काठमाडौं

विश्वभरका हस्तकला तथा शिल्पकलाका कलाकारहरुको साझा संगठन विश्व कला परिषद् एसिया प्रसान्त क्षेत्रको ३७औं साधरण सभा र अन्तराष्ट्रिय सम्मेलन नेपालमा पहिलो पटक  आयोजना हुने भएको छ।

बिहिवार राजधानीको भृकुटीमण्डपस्थित नेपाल टुरिजम बोर्डमा नेपाल हस्तकला महासंघको आयोजनामा एक पत्रकार सम्मेलन गर्दै विश्व कला परिषद् एसिया प्रसान्त क्षेत्रको अन्तराष्ट्रिय सम्मेलन नेपालमा पहिलो पटक यही भाद्र १४ देखि १६ गते सम्म दरबारमार्गस्थित होटल अन्नपूर्णमा हुने महासंघले जानकारी गराएको छ।

कार्यक्रममा नेपाल हस्तकला महासंघको निवर्तमान अध्यक्ष हेमरत्न शाक्य, अध्यक्ष धर्मराज शाक्य, वरिष्ठ उपअध्यक्ष किरणकुमार डंगोल र उपअध्यक्ष प्रचण्ड शाक्यको उपस्थिति रहेको थियो।

एशिया प्रशान्त क्षेत्र भित्रका कला र शिल्पको संरक्षण र प्रवर्द्धन गर्ने, एशिया प्रशान्त क्षेत्रका कलाकारहरुको जीवनस्तर उकास्ने, कला र शिल्पको गुणस्तर अभिवृद्धि गर्ने उदेश्यले नेपालमा विश्व कला परिषद्ले पहिलो पटक आयोजना गर्न लागेको प्रेश बिज्ञप्तीमा समावेश गरिएको छ।

उक्त सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका करिब ४५ देशबाट झण्डै सयँजना प्रतिनिधिहरु सहाभागि हुने र भारत, चीन, कुवेत, बंगलादेश, काजकस्थान, ईरान, मलेसिया लगायत थुप्रै मुलुकहरुबाट दर्जनौं स्टलहरु बुक भैसकेको समेत जानकारी गराएका छन्।

सम्मेलनको अवसरमा विश्व कला परिषदद्धारा कला, संस्कृति र संकृतिक सम्पदाहरुले शोभायमान ललितपुर महानगर पालिकालाई सांस्कृति नगरी घोषना गर्ने तयारी भैरहेको जानकारी गराए।

विष्वकला परिषद सन् १९६४ मा स्थापना भई हलसम्म एउटा नाफारहित र गैर सरकारी संगठनको रुपमा चिनिन्छ।

उक्त कार्यक्रममा नेपाल हस्तकला महासंघले १६औं हस्तकला ब्यापार मेला तथा १४औं हस्तकला प्रतियोगिता पनि आउदो कार्तिक २९ देखी मंसिर २ गते सम्म प्रदर्त्शनी हल भृकुटीमण्डप काठमाडौमा आयोजना गर्ने समेत जानकारी दिए।

मेलामा २५ जिल्लाका स्थानीय हस्तकलाको प्रदर्शन तथा विक्रीको साथै हस्तकलाका वस्तुगत प्याभिलियनहरु सहित २ सय स्टल रहे बताएका छन्।

उक्त मेलामा एकै छाता मुनि हस्तकलाको बृहत प्रदर्शनी तथा विक्रि, कला प्रदर्शनी, परम्परागत तथा प्याभिलियन प्रतियोगिता, हस्तकला प्रतियोगिता लगायतका आकर्शक प्रतियोगिता प्रदर्शन गर्ने पनि मेलाको मुख्य उदेश्य रहेको छ।

पाचँ दिने मेलामा ढाका बुनाई, मैनको मूर्ति बनाउने जस्ता प्रतियोगिता प्रदर्शनसमेत संचानगर्ने जानकारी गराउदै पुरष्कार समेत सार्वजानिक गरेको छन्। पुरष्कारहरु प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३० हजार र तेस्रो पुरस्कार २० हजार र साथमा तिनै बिजेताहरुलाई प्रमाणपत्र पनि प्रदान गर्ने बताए।

उक्त मेला अवलोकन गर्नको लागि जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्तहरु बाहेक अन्य अवलोकन कर्ताले प्रवेश शुल्क प्रतिव्याक्ति ५० रुपैया शुल्क लाग्ने र विद्यार्थीहरुको लागि भने ५० प्रतिशत छुटको व्यावस्था रहेको बताएका छन्।

नेपाल हस्तकला महासंघ नेपाली हस्तकला उद्धमीहरुबाट उत्पादित सामाग्रीहरुको आन्तरिक बजार विकास तथा निर्यात प्रबर्द्धनमा सहयोग पुर्याउने उदेश्यका साथ २०४८ साल देखि यो मेला लाई निरन्तरता दिदै आइरहको कार्यक्रममा जानकारी गराए।

सम्बन्धित समाचार