‘सिन्डिकेट’ यातायात व्यावसायीको चेतावनी: सार्वजानिक सवारी ग्यारेजमै थन्क्याउने

April 18, 2018

शुभप्रभात राई / काठमाडौं

यातायात व्यवसायीहरूले सरकारलाई आफूहरूको मातहातमा सञ्चालन हुँदै आएको सार्वजनिक सवारी साधनहरू तत्काल ग्यारेजमा थन्काउने चेतावनी दिएका छन्।

बुधवार राजधानीको नयाँ बानेश्वोरस्थित एलिनाज बेकरी क्याफेमा पत्रकार सम्मेलन आयोजना गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल ट्रक यातायात व्यावसायी महासङ्घ, नेपाल पेट्रोलियम ढुवानी व्यावसायी महासङ्घ, नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसन लगायतले सवारी साधनहरू तत्काल घर ग्यारेजमा थन्काउने चेतावनी दिएका हुन् ।

खर्बौ लगानी रहेको यातायात क्षेत्रसँग सरकारले न्यायसंगत व्यावहार नगरी पञ्चायती शैलीमा विना छलफल सरकार एकतर्फी रूपमा अघि बढेको आरोप यातायात व्यवसायीको रहेको छ ।

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्र कर्माचार्यले सरकारका सम्बन्धित निकायसँग निरन्तर रूपमा छलफल गर्दागर्दै पनि सुनुवाको साटो उल्टो असहयोग भइरहेको अवस्थाले गर्दा आफ्नै तरिकाले चल्ने बताए ‘भोलिनै उपत्यकामा रहेका सम्पूर्ण व्यावसायी सङ्घका प्रतिनिधिहरूको भेला आयोजना गरी सम्पूर्णलाई आफ्नै तरिकाले चल्न लगाउने बताए। ‘

आगामी वैशाख २१ गते सार्वजनिक सवारीलाई घरग्यारेजमै थन्काउने चेतावनी दिँदै उनले भने ‘राज्यले नै तपाइहरूले केही गर्नु पर्दैन, हामी आफै सक्षम छौँ, भनी हामीलाई जवाफ आएको छ।’

सङ्घले वैशाख ५ गते बाट केन्द्र देखी सातै प्रदेशमा पत्रकार सम्मेलन गर्दै आनदोलनका कार्यहरू सुरु हुने त्यस्तै गरी ६ आन्दोलनको तयारी, ७ प्रधानमन्त्री, मन्त्रिमण्डल साथै सातै प्रदेशका मुख्य मन्त्रीहरूलाई ज्ञापन पत्र बुझाउने ८ सम्पूर्ण सार्वजानिक सवारी साधनहरूमा कालो झन्डा राख्ने जस्ता कार्यक्रम सार्वजानिक गरेको छ।

यातायात व्यवसायीले सिन्डिकेट लागू गर्न खोजेपछि सरकार व्यवसायीविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आएको छ । व्यवसायीले सवारी नचलाएर गाडी जफत गरी सरकारले नै चलाउने चेतावनी सरकारले दिइसकेको छ । मयुर यातायातलाई यातायात व्यवसायीले सवारी रुटमा अवरोध गरेपछि सरकार कडा रूपमा प्रस्तुत भएको हो । व्यवसायी आक्रोशित भएसँगै सरकारले साझा यातायातलाई धुलिखेलसम्मैको रुट दिएको छ भने पाँच नयाँ बस व्यवसायीलाई रुट परमिट दिइसकेको छ ।

यस्ता छन् आन्दोलनका कार्यक्रमहरू

 

 

 

सम्बन्धित समाचार