भिडियोको पैसा नदिएको भन्दै युट्युब हेडक्वाटरमै आक्रमण: आक्रमणकारीद्वारा आत्महत्या

April 4, 2018

न्युयोर्क । अमेरिकाको क्यालिफोर्नियास्थित सान ब्रुनोमा रहेको युट्युब हेडक्वाटरमा आक्रमण भएको छ । एक बन्दुकधारी महिलाले गोली चलाउँदा युट्युबमा कार्यरत चार जना घाइते भएका छन् ।

गोली चलाउने महिला ३८ वर्षीया नसिम अघ्दम भएको खुलेको छ । असिमले त्यही आत्महत्या गरेको सान ब्रुनोका प्रहरी प्रमुख इड बरबेरिनीलाई उद्धृत गर्दै एनबिसी समाचारले उल्लेख गरेको छ ।

पछिल्लो पटक युट्युबले ल्याएको नीतिले आफ्नो भिडियो सेन्सरमा परेको र पैसा समेत नदिएको असिमको आरोप रहेको एनबिसी अनलाईनले जनाएको छ ।

नसिम अघ्दम

सम्बन्धित समाचार