चीनतर्फका नाका खुलाउने निर्णय

March 26, 2020

काठमाडाैं – सरकारले चीनतर्फको नाका खुलाउने भएको छ। माघ १५ देखि बन्द भएका नाका रसुवागढी र तातोपानीबाट आयात निर्यात नाका खुलाउने भएको हो।

उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले आयात निर्यातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयले तयार पारेको प्रोटोकल अनुसार नाका सञ्चालन गर्ने निर्णय गरेको छ।

सामान आयात निर्यात बाहेकको कामका लागि भारत र चीन दुवै तर्फका नाका बन्द गर्ने निर्णय सरकारले यसअघि नै गरिसकेको छ।

सम्बन्धित समाचार