प्रदेश १ का मुख्यमन्त्री शेरधन राई न्युयोर्कमा, नेपाली समूदायले गरे स्वागत

November 8, 2018

न्युयोर्क । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले नेपालको विकासको लागि देशविदेशमा रहेका सवै नेपालीहरु जुटनु पर्ने बताएका छन् ।

स्वस्थ्य उपाचारको क्रममा थाइल्याण्ड हुँदै अमेरिका आइपुगेका मुख्य मन्त्री राईले प्रवासी नेपाली मञ्च र आदिवासी जनजाति महासंघ ( फिप्ना)द्वारा आयोजित स्वागत कार्यक्रममा सम्बोधन गर्दै उक्त भनाई राखेका हुन् ।

‘सबै विशेषताले भरिएको नेपालको प्रदेश नम्बर १ लाई सगरमाथा वा किरात राख्ने बारेमा जनताकै सुझावको आशा गरेका छौ’, न्युयोर्कको सत्यनारायण मन्दिरमा आयोजित कार्यक्रममा मुख्य मन्त्री राइले भने ।

कार्यक्रममा मुख्यमन्त्री राईले न्युयोर्कस्थित इन्टरनेशनल मार्सल आर्टसका प्रमुख प्रशिक्षक पारखी राईलाई सम्मान गरेका थिए । राईलाई न्युयोर्कको नेपाली समुदायमा खेल मार्फत पुर्‍याएको कदर स्वरुप उक्त सम्मान गरिएको हो ।

प्रवासी मञ्चका बरिष्ठ उपाध्याक्ष टेक गुरुङको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन प्रवासी मञ्चका महासचिव राधाकुष्ण देउजाले गरेका थिए । उक्त कार्यक्रममा एनआरएनए आइसिसि उत्तर अमेरिका उपसंयोजक नवीन शेरचनलगायत विभिन्न समुदाय तथा संस्थाका प्रतिनिधिहरुको उपस्थिति थिए । मुख्यमन्त्री राई न्युयोर्कको कार्यक्र लगतै बाल्टिमोर हुँदै नायागारफल्सतिर प्रस्थान गरेका छन् ।

सम्बन्धित समाचार