न्युयोर्कमा ५८ जना विद्यार्थीहरुको घरघरमा खाद्य सामाग्री वितरण

May 25, 2020

 

कोरोना बिरुद्ध सचेतना एबं सहयोग समुह न्यूयोर्कद्वारा पाचौ चरणमा ५८ जना विद्यार्थीहरुलाई करिब एक महिनालाई पुग्ने खाध्य सामाग्रीहरु घर घरमा बितरण गरिएको छ । समुहले यस पटक नेपाली जनसम्पर्क समिति अमेरिकाले दिएको सहयोगमा ५८ जना विद्यार्थीहरुलाई खाद्य समाग्री वितरण गरेका हुन ।

 

विद्यार्थीहरुलाई समुहले यसपटक पनि न्युयोर्कसिटिले शेर्पा किदुगलाई वितरण गरेको ५८ बक्स सागसब्जी फलफुलहरुका साथमा चामाल, दाल, तेल, नुन लगायतका खाद्य सामाग्री वितरण गरेका थिए । त्यस्तै डिष्ट्रिक थर्टिफोरको एसेम्बलीम्यान उम्मेद्धावर नाउला ओडोहेरटिले पनि केही खाद्य समाग्री सहयोग गरेका थिए ।

यस पटक विद्यार्थीहरुको घरघरमा खाद्य समाग्री वितरण गर्ने स्वयमसेवकहरुमा राज कुमार बिष्ट, पासाङ शेर्पा, अच्यूत सिग्देल, नब राज केसि, मिलन शाही, शिव बाानिया, अनिल पाण्डे, संगिता बिष्ट, टेक गुरुङ, नवराज खड्का, सोनाम गेल्बु शेर्पा, सोमेन्द्र रन्जित, भरत संग्रोला, कृष्ण आचार्य, खिम भट्टराई, कृष्ण पौडेल, आङ छिरिङ शेर्पा, पुषर महन्त र आनन्द बिष्ट थिए । समुहले पहिलो चरणमा ४६ जना दोस्रो चरणमा ५६ जना तेस्रो चरणमा ७१ जना चौथो चरणमा ६१ जना र पाचौ चरणमा ५८ जना गरी २९२ विद्यार्थी लाई बितरण गरिएको समुहको संयोजक आनन्द विष्टले जानकारी दिएको छ ।

 

सम्बन्धित समाचार